१२ आश्विन २०८१, शनिबार

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ को तयारी अन्तिम चरणमा

कोलोराडोखबर संवाददाता , June 17th, 2024

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त कार्यक्रममा कोलोराडो स्थित सक्रिय नेपाली सामाजिक संघसंस्थाको साथ-सहयोग रहने आयोजकले जनाएका छन् ।

एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक तथा उक्त प्रतियोगिताका इभेन्ट को-अर्डिनेटर चन्द्र गुरुङका अनुसार हालसम्म ९ वटा टिम दर्ता भइसकेका छन्, अझ टिम दर्ता हुने क्रम जारी छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको छ ।

इच्छुक सहयोगीदाताहरुले प्रतियोगितामा डायमण्ड स्पोन्सरका लागि २०००, प्लाटिनम स्पोन्सरका लागि १०००, गोल्ड स्पोन्सरका लागि ५०० र सिल्भर स्पोन्सर गर्न चाहनेहरुले २०० डलर आर्थिक सहयोग गर्न सक्ने छन् ।

प्रतियोगिताका विजयीहरुलाई जुन ३० तारिखका दिन नेपाल घरमा पुरस्कार वितरण गरिने छ । साथै सांगीतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । उक्त कार्यक्रममा चर्चित गायिका रिमा गुरुङ र नेपाली तार पहिलो सिजनका विजेता सन्तोष लामाको सांगीतिक प्रस्तुती रहने छ ।

तमु प्ये ल्हु अमेरिकाको दशौं वार्षिक उत्सवको अवसरमा जुन ३० तारिखका दिन नेपाल घरमा छलफल अन्तरक्रिया कार्यक्रम, भेषभुषासहितको झाँक्री प्रदर्शन, सांगीतिक प्रस्तुती र कार्यक्रममा सहभागीहरुलाई टिपिकल (गुरुङ जातिको) नेपाली खानाको व्यवस्था रहेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो ।

प्रतियोगिता व्यवस्थापन समितिको संयोजकमा चन्द्र गुरुङ र सहसंयोजकमा कैलाश गुरुङ रहनु भएको छ । संयोजक चन्द्र गुरुङ एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक हुनुहुन्छ ।

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता मूल आयोजक समिति गठन

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

प्रतिक्रिया दिनुहोस्