८ मंसिर २०८१, शनिबार

नेपाली घरका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण जुन २२ मा हुँदै, सहभागी हुनअनुरोध

कोलोराडोखबर संवाददाता , June 11th, 2024

–नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण समारोह यही जुन २२ तारिक शनिबार हुने भएको छ ।

हालै सम्पन्न कार्यसमितिको बैठकले जुन २२ तारिक शनिबार दिउँसो २ बजेदेखी ५ बजेसम्म संस्थाको आफ्नै भवन नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदभार हस्तान्तरण गर्ने निर्णय भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।

संस्थामा आजीवन, परिवार, ब्यक्तिगत, बिध्यार्थी र मानार्थ गरी झण्डै ६ सय सदस्यहरू आबद्ध रहेका छन् । संस्थाको कार्यक्रममा सहभागी हुन सबै सदस्य, संघसंस्थाका प्रतिनिधि, बुद्धीजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपालीभाषी बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाली घरप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भइ नवनिर्वाचित समितिलाई हौसला बढाइ दिई कार्यक्रमलाई भब्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन अध्यक्ष जगदिशचन्द्र ढकालले अनुरोध गरेका छन् ।

डा संगीता श्रोत्रियाको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी सदस्य रहेको तीन सदस्सीय निर्वाचन समितिले आगामी २ बर्षे कार्यकालका लागी नया कार्यसमितीका पदाधिकारीहरू र बोर्ड सदस्यहरुको निर्वाचन प्रकृया सम्पन्न गरेको थियो ।

यसरी निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष बसन्त लम्साल, उपाध्यक्षहरुमा गंगा चौलागाईँ, कृष्ण काफ्ले, सुनिता थापा, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर शैलेन्द्र श्रेष्ठ, कम्युनिकेशन अफिसर अनिल बुढाथोकी, कल्चर तथा ईभेन्ट अफिसरमा दिनेशकुमार कार्की, रिसोर्स तथा फेसीलीटी अफिसर पुस्कर बस्नेत र टेक्नोलोजी अफिसर आदित्य चौलागाईँ रहेका छन् । त्यसैगरी बोर्डअफ डिरेक्टरहरुमा, दिनेश थापा, पुर्णिमा बिष्ट, बिष्टनारायण श्रेष्ठ, बिभा निरौला, जीत घिमीरे, संगीता डांगी खत्री, श्याम पन्त, चन्द्रकान्त अधिकारी, सृष्टी उप्रेती र बम कुँवर रहेका छन ।।

प्रतिक्रिया दिनुहोस्