१२ आश्विन २०८१, शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तेस्रोपटक प्रधानमन्त्री पदको शपथ ग्रहण

कोलोराडोखबर संवाददाता , June 9th, 2024

नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिएका छन् । आइतवार साँझ मोदीले तेस्रोपटक राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका हुन् ।

मोदीको शपथ ग्रहण कार्यक्रममा दक्षिण एशियाली नेताहरू पनि सहभागी थिए ।

मोदीको शपथमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल‚ भूटानका प्रधानमन्त्री छिरिङ तोबगे‚ बंगलादेशकी प्रधानमन्त्री शेख हसिना‚ श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे‚ मालद्वीपका राष्ट्रपति डा। मोहम्मद मोइजु सहभागी भए ।

यसैगरी सिसेल्सका उपराष्ट्रपति अहमद अफिफ‚ मौरिससका प्रधानमन्त्री प्रवीन्द कुमार जगन्नाथ पनि मोदीको शपथमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्