१० मंसिर २०८१, सोमबार

गीतः आउँछु मत दौडेर चरी जस्तै उडेर

कोलोराडोखबर संवाददाता , June 8th, 2024

–तुलसी घिमिरे–

***
जुम्ला कहिले पुग्ने हो, हुम्ला कहिले टेक्ने हो
मलाई तिमी मन पर्यो, भन कहिले भेट्ने हो ।

आउँछु मत दौडेर चरी जस्तै उडेर
मायाजालमा परियो सारै मन परेर ।

कस्ले बाटो छेक्ने हो, आउँदाखेरि देख्ने हो
मलाई तिमी मन पर्यो, भन कहिले भेट्ने हो ।

मन हाम्रो नजिक शरीर टाढा भयोनि
कसरी चल्छ जिन्दगी उमेर ढल्दै गयोनि ।

मिलेको शरीर सेतै छ, मन तिम्रो पक्कै यतै छ
पग्लेर झर्यौ आँखामा, माया भो डाँडा पाखामा ।

***

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्