नेपाल । बिहीबार राति सम्पन्न फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।
साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्यो ।
नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो ।
नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्