१० मंसिर २०८१, सोमबार

हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त

कोलोराडोखबर संवाददाता , June 7th, 2024

नेपाल (हेटौंडा) । हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त हुनु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ निवासी भण्डारीलाई संघीय सरकारले सिमेन्ट उद्योगको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछी अध्यक्ष पद खाली रहेको थियो । तीन वर्षिय कार्यकालका लागि उहाँलाई संघीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका थिए । दरखास्त बुझाएका मध्ये हेटौँडाका भण्डारीसहित सञ्जीब कुमार देव र श्रीकृष्ण भद्र अर्याललाई अन्तरवार्तामा बोलाइएको थियो । जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो ।

हेटौँडा–९ का भण्डारी मानविकी संकायमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी निर्माण व्यवसायको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्