४ माघ २०८१, शुक्रबार

टी-२० विश्वकप क्रिकेटमा भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , June 6th, 2024

नेपाल । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आयरल्याण्डलाई ८ विकेट हराएको छ ।

बुधबार अमेरिकाको न्यूयोर्कमा भएको पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो ।​

आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १रभ१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए ।

भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्