अमेरिका । आम नेपालीले प्रदान गरेको हौसला र प्रार्थनाका बीच टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एक–एक विकेट लिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।
नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्