–लक्ष्मण आचार्य–
राजनीतिमा तिनकै दबदबा छ
सडकमा सदनमा
तिनीहरू नै छन्
सायद
अघिल्लो बेन्चमा
बस्नेहरू कहिल्यै त्यहाँ पुग्दैनन्
वा चाहेर पनि कहिल्यै
त्यहाँ पुगेनन्
सुकिलो समयको सुरिलो
गीत तिनले गाउँछन्
उज्यालोको सपना देखाएर
तिनैले हामीलाई सताउँछन्
विद्यालयीय जीवनमा
जसले कहिल्यै प्रश्न गरेन शिक्षकसँग
कहिल्यै गरेन गृहकार्य
जसले जहिल्यै ूगृहकार्य खोइ, भन्दा
शिक्षकलाई आँखा तर्थ्यो
आज उहीँ संसदमा छ
मन्त्री मण्डलमा छ
प्रतिपक्षमा छ
ठेक्कामा छ
कमिसनमा छ
सडकमा छ
पुलिसमा छ
आर्मीमा छ
माथ्लो तहमा छ
तल्लो तहमा छ
अघिल्लो बेन्चमा बस्नेहरूले
देश छोडिरहेका छन्
भूगोलसँगको नाता तोडिरहेका छन्
देशमा भने
चारैतिर उनै ब्याक बेन्चर्सहरू मात्र छन्
तपाईं नै भन्नुस न महाशय
यति बिग्न
ब्याक बेन्चर्सहरूले
शासन गरेको देश
कसरी फरवार्ड हुन्छ ?
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्