नेपाल । गत शुक्रबार नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको थियो ।
यो बृद्धिसँगै शुक्रबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भयो भने तेजाबी सुनको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भयो ।
चाँदीको प्रतितोला मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
प्रतिक्रिया दिनुहोस्