१० मंसिर २०८१, सोमबार

कविताः गर्मी

कोलोराडोखबर संवाददाता , June 1st, 2024

–लक्ष्मण आचार्य–

बिस्तारै…
बिस्तारै…
ओर्लिदै छ अहमको सूर्य

तात्दै छ
स्वतन्त्रताको पृथ्वी
***
यतिखेर
पग्लनु र तात्नु एकै भइरहेछ
तात्नु र पग्लनु एकै भइरहेछ
निरन्तर धावा बोलिरहेछन्
किरणहरूले
हाम्रो उन्नति बिरुद्ध
हाम्रा श्वेत आतंक विरुद्ध !
***

लू ! लू ! भन्दै सजाय दिइरहेछ
हाम्रा गैर काम कार्वाही विरुद्ध
हाम्रा विकास विरुद्ध
हाम्रा तमाम गैर वातावरणमैत्री गतिविधि विरूद्भ
यतिखेर पृथ्वीलाई ज्वरो आएको छ
र उखुम गर्मी बढेको छ !
***
–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्