३ माघ २०८१, बिहीबार

दोस्रो वार्म अप खेलमा बिहीबार नेपाल र अमेरिकाको खेल हुने

कोलोराडोखबर संवाददाता , May 30th, 2024

अमेरिका । बिहीबार राति नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी टी-२० विश्वकपको दोस्रो वार्म अप खेलमा अमेरिकाविरुद्ध खेल्दैछ ।

डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटिएको थियो ।

विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुादैछ।

समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ ।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार ३ गते बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्