नेपाल । अमेरिकाको डलासमा सोमबार राति टी-२० विश्वकप अन्तर्गतको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजीत भएको छ ।
क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलामा मात्र १ सय २० रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए ।
बलिङमा क्यानडाका डिलन हेलिगर सर्वाधिक ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २(२ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रन जोडेका थिए ।
बलिङमा नेपालका अभिनास बोहराले २, सागर ढकाल, करण केसी, गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।
नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।
टी–२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । विश्वकपमा जेठ २२ गते नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्