१२ आश्विन २०८१, शनिबार

बेल्जियममा नेपाली खाना महोत्सव सम्पन्न

कोलोराडोखबर संवाददाता , May 27th, 2024

अमेरिका । बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो ।

नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो ।

हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टलहरु सजाइएको थियो । खाना महोत्सवको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी पनि कार्यक्रममा सहभागी थिए । १५ भन्दा बढी देशका राजदूतहरुसहित बेल्जियम तथा युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवलको अवलोकन गरेका थिए ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले नेपाली खानालाई विश्वमाझ चिनाउन र नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । ५ हजारभन्दा बढी दर्शकले कार्यक्रम अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्