९ मंसिर २०८१, आईतवार

११ क्याम्पसका प्रतिनिधिहरुद्वारा उपकुलपति बरालसंग चिकित्सा शिक्षाबारे छलफल

कोलोराडोखबर संवाददाता , May 26th, 2024

नेपाल । सोसाइटी फर टीयू एफिलेटेड हेल्थ इन्स्च्यिूशन नेपाल सम्बद्ध ११ क्याम्पसका प्रतिनिधिहरुले हालै नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालसंग भेटी चिकित्सा शिक्षासंग सम्बन्धित महत्वपूर्ण बिषयहरुमा छलफल गरी समाधानका उपायहरुबारे छलफल गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानवाट संवन्धन प्राप्त क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले बिद्यार्थी भर्नाको लागि अपनाएको लामो र झनझटिलो प्रकृयाबाट कक्षाकोठाहरुमा देखिएको बिद्यार्थी अभाव, शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन, विश्वबजार र प्रतिस्पधी अनकुलको पाठयक्रममा शंसोधन, एकद्धार प्रणालीबाट शुल्क लिने व्यवस्था, बिद्यार्थीहरु बिदेश पलायन वाट सिर्जित समस्याहरु र रोजगारका अवसरहरु र्सिजना गर्ने बिषयहरु र समाधानका उपायहरुका वारेमा छलफल केन्द्रित रहेको संस्थाका अध्यक्ष प्राडा जैनउदनि अन्सारीले बताउनु भयो ।

उपकुलपतिले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सस्थाहरुले पुराएको योगदानको चर्चा गर्दै समस्या समाधानमा आफु सकारात्मक रहेको धारणा व्यक्त गर्नु भयो । विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र निजी लगानीबाट संचालित सम्वन्धन प्राप्त संस्थाहरुको आपसी समन्वय तथा सहकार्यबाट समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्