३ माघ २०८१, बिहीबार

एनआरएनए एनसीसी अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिम विजयी

कोलोराडोखबर संवाददाता , May 25th, 2024

अमेरिका (टेक्सस) । एनआरएनए अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिमले अमेरिकाको ह्यूस्टन हुरीकेन्सलाई ६ रनले पराजीत गरेको छ । ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो ।

शुक्रबार राति प्रेरी भू क्रिकेट कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहलले ४७ रन, कप्तान रोहित पौडेलले २३ र गुलसन झाले २० रन बनाए ।

टी २० विश्वकप खेल्न अहिले अमेरिकामा रहेको नेपाली टिमको तयारीका लागि सहयोग गर्न २ खेलको सिरिज आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजन एनआरएनए एनसीसी अमेरिकाले गरेको छ । नेपालले हुरीकेन्ससँग दोस्रो खेल शनिबार खेल्नेछ ।

नेपालले टी २० विश्वकपमा जेठ २२ गते नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्