नेपाल । भारतमा जारी आईपीएलको मंगलबारको खेलमा सनराईजर्स हैदराबाद माथि जीत निकाल्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जीत दर्ता गर्दै कोलकाता उपाधि नजिक पुगेको हो ।
हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टाएको हो ।
कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।
कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए ।
दोस्रो क्वालिफायर शुक्रबार चेन्नईमा हुनेछ । फाइनल आगामी आइतबार चेन्नईमा नै हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्