नेपाल । नेपाली फिल्म ‘पूजार सार्की’ यही जेठ १० गते बिहीबार (बुद्ध जयन्ती) बाट प्रदर्शनमा आउँदैछ ।
फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ र ‘प्रकाश’ जस्तो अब्बल कोटीको फिल्म दिएका उनीप्रति दर्शकको एउटा तप्कामा ठूलो अपेक्षा छ । पहिलोपटक तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएका छन् ।
फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ ।
फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्