३ माघ २०८१, बिहीबार

आईपीएलको प्लेअफमा पुगे यी चार टिम

कोलोराडोखबर संवाददाता , May 20th, 2024

नेपाल । इण्डियन प्रिमियर लिग (आइपिएल) को आइतबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको बैंग्गलौरले चेन्नईलाई जितका लागि २१९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा चेन्नईले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सकेको थियो ।

यो जितसँगै चेन्नईसँग अंक बराबरी बनाएको बैंग्लौर रन रेटका आधारमा प्लेअफमा पुगेको हो ।

प्रतियोगितामा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्