नेपाल । बालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको छ ।
विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ (क्यान) ले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । आईसीसीको स्वीकृतिसँगै क्यानले सन्दीपलाई खेलका लागि अमेरिका पठाउने तयारी गरेको छ ।
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्