१२ आश्विन २०८१, शनिबार

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

कोलोराडोखबर संवाददाता , May 17th, 2024

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता खुला भएको छ ।

अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको छ ।

एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक तथा उक्त प्रतियोगिताका इभेन्ट को–अर्डिनेटर चन्द्र गुरुङका अनुसार प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने आंकलन गरिएको छ ।

इच्छुक सहयोगीदाताहरुले प्रतियोगितामा डायमण्ड स्पोन्सरका लागि २०००, प्लाटिनम स्पोन्सरका लागि १०००, गोल्ड स्पोन्सरका लागि ५०० र सिल्भर स्पोन्सर गर्न चाहनेहरुले २०० डलर आर्थिक सहयोग गर्न सक्ने छन् ।

प्रतियोगिताका विजयीहरुलाई जुन ३० तारिखका दिन नेपाल घरमा पुरस्कार वितरण गरिने छ । साथै सांगीतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता मूल आयोजक समिति गठन

प्रतिक्रिया दिनुहोस्