नेपाल । बिहीबार वर्षाका कारण टस नै नभई रद्ध भएपछि सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।
तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् ।
कललकता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ती गरेको छ ।
आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्