२ माघ २०८१, बुधबार

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , May 17th, 2024

नेपाल । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड कञ्चनपुर जिल्ला अदालतको आदेशपछि ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्