३ माघ २०८१, बिहीबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न बाटो खुला

कोलोराडोखबर संवाददाता , May 16th, 2024

अमेरिका । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न बाटो खुलेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्