नेपाल । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्