३ माघ २०८१, बिहीबार

क्रिकेटर लामिछानेको मुद्दामा बुधबार फैसला आउन सक्ने, सफाई पाउलान ?

कोलोराडोखबर संवाददाता , May 15th, 2024

नेपाल । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार पनि सुनुवाइ हुने भएको छ ।

लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।

बुधबार यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला आज नै आउन सक्ने र उनले उनले सफाई पाउन सक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्