१२ आश्विन २०८१, शनिबार

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

कोलोराडोखबर संवाददाता , May 14th, 2024

बेल्जियम । बेल्जियममा बसोबास गर्दै आएका कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ ।

लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको हो ।

केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिएको छ ।

केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्