३ माघ २०८१, बिहीबार

वर्षाले खेल रोकिंदा गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

कोलोराडोखबर संवाददाता , May 14th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबारको खेल वर्षाले प्रभावित भएको छ ।

सोमबार राति गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो ।

टस नै हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे ।

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्