१२ आश्विन २०८१, शनिबार

सिनेमा महोत्सवमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

कोलोराडोखबर संवाददाता , May 14th, 2024

नेपाल । काठमाडौं महानगरका मेयर बालेन साह विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन सोमबार राति फ्रान्स प्रस्थान गरेका छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स गएका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ ।

मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ । यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्