१० मंसिर २०८१, सोमबार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , May 13th, 2024

नेपाल । चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार चार सय २२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्