नेपाल । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले उजुरी दिएपछि नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । तर रवि देश बाहिरका सांगीतिक कार्यक्रमहरुमा रहेकाले पक्राउ परेका थिएनन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका हुन् । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्