१२ आश्विन २०८१, शनिबार

नेपालको एकदिने औपचारिक भ्रमण सकेर फर्किइन् जापानकी विदेशमन्त्री खामिखावा

कोलोराडोखबर संवाददाता , May 6th, 2024

नेपाल । सोमबार बिहान नेपालको एकदिने औपचारिक भ्रमणमा आएकी जापानकी विदेशमन्त्री खामिखावा योको भ्रमण सम्पन्न गरी सोमबारनै स्वदेश फर्किएकी छिन् ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरिन् ।

उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरिन् । साथै जमल पुगेर केही नेपाली पुस्तक खरिद समेत गरिन् । परराष्ट्रमन्त्री श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरे ।

प्रतिक्रिया दिनुहोस्