२ माघ २०८१, बुधबार

पार्टीभित्र कमी कमजोरी भएको रास्वपाको निष्कर्ष

कोलोराडोखबर संवाददाता , May 4th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैंठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकले इलाम-२ को उपनिर्वाचनमा ठूलो धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने निर्णय गरेको छ । इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको निष्कर्ष छ ।

उपनिर्वाचनमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्