८ मंसिर २०८१, शनिबार

कोलोराडोमा उपसभामुख ईन्दिरा राना मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

कोलोराडोखबर संवाददाता , May 2nd, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा नेपालको प्रतिनिधि सभाका उपसभामुख तथा पिए नेपालका संस्थापक अध्यक्ष समाजसेवी इन्दिरा राना मगरसंग स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा सभामुख रानाले सहभागीको प्रश्नको जवाफ दिएकी थिइन् । रानाले आफुलाई राजनीति मन नपर्ने तर नीति नियम तथा आवाज उठाउने स्थान नै प्रतिनिधि सभा भएकाले आफू राजनीतिमा लागेको वताइन् ।

भविष्यमा राजनीतीमा सक्रिय रहिरहने वा नरहने थाहा नभएको तर अबको ४ वर्ष आफुले कसैलाई भेदभाव नगरी पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने वताइन् । त्यस्तै पिए नेपालका अध्यक्ष सुबानी आले मगरले संस्थाले देशभरीका १० स्थानमा ४०० वढी वालवालिकाहरुको हेरचाह गरिरहेको वताइन् ।

कार्यक्रममा मगर संघ कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले पिए नेपाललाई च्यापटरले सकेको सहयोग गर्ने वताए । च्याप्चरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षता, उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि पिए नेपालका वर्तमान अध्यक्ष सुबानी आले मगर र अतिथिहरूमा, मगर संघ अमेरिकाका सल्लाहकार लक्षुमण राना मगर, मगर संघ अमेरिकाका पश्चिम क्षेत्रका उपाध्यक्ष टेकबहादुर थापा मगर, मगर संघ अमेरिकाका केन्द्रीय सदस्य केशव थापा मगर रहेका थिए । कार्यक्रम संघका सचिव उपेन्द्र राना मगरले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्