नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) सोमबारको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजीत गरेको छ ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो ।
आईपीएलमा मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्