नेपाल । टी २० को पहिले खेलमा जति निकालेको नेपाल दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजीत भएको छ ।
आइतबार वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
नेपालले शनिबार भएको खेलमा वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । योसँगै नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको सिरिज १–१ को बराबरीमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्