२ माघ २०८१, बुधबार

आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा सनराईजर्स हैदराबाद ७८ रनले पराजीत

कोलोराडोखबर संवाददाता , April 29th, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आइतबारको खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनले हराएको छ ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोडेको थियो ।

जितपछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादको पनि ९ खेलमा १० अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

आईपीएलमा सोमबार कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्