१९ पुष २०८१, शुक्रबार

नक्कली शरणार्थी प्रकरणमा सर्वोच्चले रायमाझीसहित ७ जनालाई थुनामुक्त गर्न मानेन

कोलोराडोखबर संवाददाता , April 26th, 2024

नेपाल । नक्कली शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेपछि थुनामा पठाइएको हो ।

यसरी थुनामै राख्न आदेश भएकाहरुमा रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्