नेपाल । मानिसलाई जिउँदै ईट्टाभट्टामा जलाएको घटनामा पूर्वमन्त्री नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेआलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनी हाल जेलमै छन् ।
प्रतिक्रिया दिनुहोस्