१२ पुष २०८१, शुक्रबार

उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु

कोलोराडोखबर संवाददाता , April 24th, 2024

नेपाल । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ ।

इलाम–२ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न नपाइने भएको हो ।

प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्