नेपाल । नेकपा (एकीकृत समाजवादी)को जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनिएको महाधिवेशन असार १६ देखि २० गते गर्ने भएको छ ।
बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँले पार्टीको १०औं महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । उपमहासचिव खतिवडाले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्