१९ पुष २०८१, शुक्रबार

सन्दीपको पुनरावेदन मुद्दामा ‘गौशाला २६’ को जन्मदर्ताको प्रतिलिपि पेश गर्न आदेश

कोलोराडोखबर संवाददाता , April 16th, 2024

नेपाल । बलात्कार प्रकरणमा दोषी ठहर भएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सोमबार पहिलो दिनको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएको हो ।

२०७५–०९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्