७ बैशाख २०८२, आईतवार

नेपालद्वारा हङकङ सजिलै पराजीत

कोलोराडोखबर संवाददाता , April 16th, 2024

नेपाल । ओमानमा जारी एसीसी प्रिमियर लिगमा सोमबारको खेलमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो ।

११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक रुपमा प्रस्तुत भयो ।

यो खेलमा जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्