८ मंसिर २०८१, शनिबार

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

कोलोराडोखबर संवाददाता , April 14th, 2024

अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ ।

सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ ।

अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए ।

खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो ।

विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले बताउनु भयो ।

यसैबीच नेपाली नयां बर्षको उपलक्ष्यमा आइतबार सानफ्रान्सिस्कोमा नेपाल डे परेडसहितको बृहत कार्यक्रम आयोजना गरेको हुँदैछ । कार्यक्रम सफल पार्न देश बिदेशबाट पाहुनाहरु आईसकेको च्याप्टर अध्यक्ष ओझाले जानकारी दिनु भयो ।

त्यस्तै भलिवल प्रतियोगितसँगै अप्रिल १४ मा नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । नेपाल परेड बिहान ११ बजे सिटीहलमा हुनेछ ।

स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत हुनेछ ।

कार्यक्रममा ३–४ हजार नेपालीभाषीहरु सहभागी हुने आंकलन गरिएको छ । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि सहभागिता रहने छ ।

कार्यक्रममा सहभागी हुन एनआरएनए एनसीसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका सम्पूर्ण पदाधिकारी र बीओडीहरुको आगमन भइसकेको छ ।

कार्यक्रम: नेपाल डे परेड
मिति: अप्रिल १४, २०२४ (बिहान ११:०० बजे)
स्थान: San Francisco City Hall
1 Dr Carlton B Goodlett Pl, San Francisco, CA 94102

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

प्रतिक्रिया दिनुहोस्