नेपाल । २०८१ बैशाख १ गतेबाट काठमाडौंको ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुल्ने भएका छन् ।
गृह मन्त्रालयको निर्णयअनुसार यी क्षेत्र नयाँ वर्षदेखि २४सै घण्टा व्यवसाय गर्न खुला गर्न लागिएको हो । यसका लागि जिल्ला सुरक्षा समिति, काठमाडौंको बैठकले मापदण्ड र सुरक्षा योजना तयार गरेको छ ।
यसअघि प्रहरीले साना पसललाई १० बजे, रेस्टुरेन्टलाई १२ बजे, लाउन्जलाई २ बजे र डिस्को तथा क्लबलाई ४ बजेसम्म सञ्चालन गर्न दिने समयसीमा तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्