१९ पुष २०८१, शुक्रबार

२०४७ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरौंः गगन थापा

कोलोराडोखबर संवाददाता , April 10th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४७ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुभन्दा पहिले कानूनमा संशोधन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै मंगलबार राति नेता थापाले कानून संशोधन नगरी सम्पत्ति छानबिन गर्दा बाधा उत्पन्न हुन सक्ने संकेत गरे । त्यसले नतिजा राम्रो नल्याउनेतर्फ ध्यानाकर्षण गर्दै यस्ता प्रकरणको छानबिनका लागि संसदीय समिति वा आयोग जे बनाए पनि हुने बताए ।

आफूले भ्रष्टाचारको पाँच वर्षे हदम्यादका सम्बन्धमा संशोधन राखेको पनि सांसद थापाले बताएका छन् । मन्त्रिपरिषद्‌बाट भएका निर्णयलाई नीतिगत निर्णयका नाममा उन्मुक्ति दिने प्रावधानमा पनि आफूले संशोधन दर्ता गराएको उनले जानकारी दिए ।

नेता थापाले सहकारी ठगीमा नेतादेखि सरकारी निकायको पनि संलग्नता हुने सक्ने भएकाले सबै सहकारीको छानबिन गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्