१८ पुष २०८१, बिहीबार

माओवादी पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कोलोराडोखबर संवाददाता , April 7th, 2024

नेपाल । काठमाडौँ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको अभियोगमा फरार रही १५ वर्षपछि पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई गत शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आउदेश दिएको हो ।

बिहीबार र शुक्रबार गरी दुईदिन थुनछेक बहसपछि न्यायाधीश ढकालले घटनामा खामको संलग्न नरहेको भनी अहिले भन्न नसकिने भएकाले तत्काल थुनामा पठाउन आदेश दिएका हुन् ।

सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो । खामलाई मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेस गरिएको थियो ।

कोटेश्वरका व्यापारी श्रेष्ठको २०६५ वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । खाम त्यस बेला तेस्रो डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठको कोटेश्वरमा रहेको घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

प्रतिक्रिया दिनुहोस्