१० मंसिर २०८१, सोमबार

कविताः ‘रियालिटी भर्सेज ईफेक्ट’

कोलोराडोखबर संवाददाता , April 6th, 2024

–लक्ष्मी ‘रेशमी’–

भ्रम भित्र बाँचेकाहरु
एक तीतो सत्यलाई स्विकार्नु
कमिलाको लागी
पहाड चढ्नुझैँ भएको छ ।

रमिता छ जिन्दगीमा
जीतको उन्मादमा मातिएका
हारको निस्तेजमा पिरोलिएका
देखिनु र देखाउने होडबाजी
बेखुसीका चाउरीहरुलाई
नक्कली हाँसो र बोलीको मेकअपले
छपक्क छोपेर मक्ख छन् ।

ओहो.. अचम्म ???
होइन…नमान्नुस्
यो एक नजिर बन्दैछ
डिजेको नर्तकी ध्वनी भित्र
यथार्थका अबशेषहरुको कोलाहल
भित्री मनमा नाचेकै होलान् ।

वास्तविकता यति हो
आफैँलाइ देख्ने ऐनालाई
आइफोनको क्यामराले
बिस्थापित गरिदिएको छ
रियालिटी भर्सेज
इफेक्ट…समय चलिरहेछ ।

–चन्द्रपुर,रौतहट ।

प्रतिक्रिया दिनुहोस्