१२ आश्विन २०८१, शनिबार

केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति

कोलोराडोखबर संवाददाता , April 2nd, 2024

नेपाल । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।

भारतको राउज एभेन्यू अदालतले केजरीवाललाई हिरासतमा राखिरहन अनुमति दिएको हो ।

आम आदमी पार्टी (आप)का अन्य सदस्यविरुद्ध झुटो प्रमाण दिएको भन्दै प्रवर्तन निर्देशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको थियो ।

अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्