१२ आश्विन २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

कोलोराडोखबर संवाददाता , April 1st, 2024

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई भेट गरिएको छ ।

भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ ।

अध्यक्ष डा बद्री केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गर्नुभयो ।

लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।

यसैबीच, गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभाग मार्फत धनकुटाको पुर्नस्थापना सेवा केन्द्रमा आश्रित बालबालिका लाई दुईलाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा सचिव राधिका गुरुङ(टीका), कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।

त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत उपलब्ध गराइएको हो । परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो ।

नगर प्रमुख कैला कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्